FAQs Complain Problems

वडा नं १- बेगखोला

वडा नं १ को श्रोत नक्शा

वडा नं १ को संक्षिप्त परिचय

बेगखोला

रघुगंगा गाउँपालिका वडा नं. १ साविकको बेगखोला गाविस रघुगंगा गाउँपालिकाको उत्तरपुर्वी भागमा पर्दछ । बेगखोला प्राकृतिक रुपमा फितलो जमिनले बनेको हुँदा यो भाग बिस्तारै बग्ने गर्दथ्यो । यस ठाउँका पुर्जा मगरहरु आफूहरु धेरै पुस्ता अगाडी दावा आर्थात् मौवाफाँटबाट यहाँ आएको मान्दछन् । त्यसैले शुरुमा यस भागमा मानिसहरु नबसी राम्रो कृषि उत्पादन हुने क्षेत्र नाकले घडेरी तर्फ बसोबास गर्न थाले । यो सँधै क्रमशः बगी रहने हुँदा यसलाई बगे भनियो । बगे भन्ने क्रममा मानिसहरु बेग भन्न थाले र बीचमा एउटा खोलो पनि भएको हुँदा यसलाई बेगखोला भनिन थालियो । पछि यही नामबाट गाउँ पञ्चायतको नामकरण गरियो र पछि सोही अनुसार गाउँ विकास समिति समेत निर्माण गरियो । साविकको बेगखोला गाविसको पुरै  भाग हाल रघुगंगा गाउँपालिका वडा नं.१ मा पर्दछ ।

Population: 
१३६०
Ward Contact Number: 
९८४७६१००९७

जन प्रतिनिधि