FAQs Complain Problems

समाचार

वडा नं ४ - दग्नाम

वडा नं ४ को श्रोत नक्शा

वडा नं ४ को संक्षिप्त परिचय

दग्नाम

यस गाविसको नामाकारण सम्बन्धमा दुईवटा जनश्रुतिहरु प्रचलित छन् । यस ठाउँमा अजिङ्गर भिर नाम गरेको निकै अजंगको डर लाग्दो भिर छ जसलाई “झेंन्द्रा भिर” समेत भनेर चिनिन्छ । यस भिरमा परैबाट देखिने खाडलहरुको प्राकृतिक स्वरुप विशाल सर्प अजिङ्गरको जस्तै छ । जनश्रुति अनुसार परापूर्व कालमा कतैबाट दुई ओटा ठूला अजिङ्गरहरु (नाग देवताहरु) धोलाश्री धुरी (धौलागिरी हिमाललाई जनाउने स्थानीय लवजको शब्द) ढलाएर यस ठाँउलाई समथर बनाउँछौं भनेर त्यस तर्फ प्रस्थान गर्न अगाडी बढे । जाँदाजाँदै रात प¥यो । रातभरी पनि हिँड्ने बिचार गरी जाँदै गर्दा हालको दग्नाम भन्दा अलि पर रहेको भीरमा पुगेको बेला पाखापानीमा भाले करायो । अब मान्छेहरुले देख्ने भए भनेर नागहरु त्यँही भीरमा दबिए । यसरी भीरमा नाग दबिएको जस्तैदेखिने भएकोले यस ठाउँलाई पछि ‘दबिएको नाग’ भन्न थालियो । यही शब्द कालान्तरमा आएर परिष्कृत हुँदै ‘दबनाग’ हुन पुग्यो । पछि यही दबनाग शब्द नै बोलीचालीमा प्रयोग गर्दा गर्दै दग्नाम रहन गएको भन्ने कथन छ ।

यस ठाउँका मगरहरु आफूहरु यस रघुगंगा क्षेत्रका आदिवासी मान्दछन् । यस ठाउँका पुर्व प्रधान पञ्च चित्र बहादुर गर्बुजाका अनुसार रुपाल गर्बुजा र उनका साला मखन्त पुन यस भेगमा फिरन्ते पशुपालकका रुपमा यहाँ आई बस्ती बसालेका थिए । उनीहरुको आफ्नो अधिपत्य क्षेत्र उँभोको डाँफे चरण (धौलागिरी शिर) र उँधोको माछी चरण (राहुघाट अर्थात् रघुगंगा नदीको फेद) सम्म थियो । पछि कृषि खेती गरी बस्न थालेपछि हालको मौवाफाँट नै बढी उब्जाउ हुने ठाउँ भएकोले त्यहाँ केन्द्र बनाई बस्न थाले । कालान्तरमा जनसंख्या बढ्दै जाँदा त्यस ठाउँबाट मानिसहरु फैलदै अन्य ठाउँहरुमा जान थाले । गर्बुजाका अनुसार यसरी फैलिएको ९ गाउँमा भलाद्मीहरुले यो क्षेत्रमा तिरो उठाउने गर्दथे । बेगखोलाका पुर्जा मगरहरु आफूहरु सुरुमा दावा अर्थात् मौवाफाँटबाटै आएको भन्ने कथनले समेत उनको दाबीलाई समर्थन गर्छ । “मौवाफाँट” मौवाहरुको रुख धेरै भएकोले भनिएको भनिदै आए पनि गर्बुजा मौवाफाँट “मगर फाँट”बाट अप्रभंश भएको दावी गर्छन् । यसरी  सुरुमा आएका पुर्खाले मौवाफाँटमा ठुलो जनसंख्या एकै ठाउँमा खुम्चिएकोमा आफ्नो सानो समूह यस ठाउँमा आउँदा ढ्वाङ् ढ्वाङ्ती खुला महसुस गरे । यही “ड्वाङ ड्वाङ” शब्द नै अपभ्रंस भई पछि दग्नाम रहन भएको भन्ने जनश्रुती पाइन्छ ।

Population: 
९८३
Ward Contact Number: 
९८५७६११३१२