FAQs Complain Problems

समाचार

वडा नं २ - राखु भगवति

वडा नं २ को श्रोत नक्शा

वडा नं २ को संक्षिप्त परिचय

राखु भगवती

रघुगंगा गाउँपालिका वडा नं.२ मा प्रसिद्ध भगवती मन्दिर छ । यही मन्दिरको नामसँग जोडेर यहाँको साविकको गाविसको नाम भगवती राखिएको थियो । यो गाविसको नामको अगाडि राखू जोडिएको छ । राखू नाम रहनको भने अर्को पौराणिक किम्बदन्ती रहेको छ । किम्बदन्ती अनुसार प्रसिद्ध पौलत्स्य ऋषि यस क्षेत्रको पूला अन्तर्गत पछै भन्ने स्थानमा तपस्यारत रहन्थे । उनका नाति रावणलाई उत्तराखण्ड भ्रमण गराइ फर्काएर ल्याउने क्रममा राखु नजिक आएर वास बस्नको लागि यता बासको व्यवस्था हुन्छ कि हुदैन, यहाँ राखूँ कि के गरुँ भनेर भरियाले सोध्दा यहाँ नराख अरु नै ठाँउमा राख भनी भरियालाई जवाफ मिलेकोले भरियाले बेनीदेखि उत्तरतर्फ केही माथिपट्टिको स्थानमा बास राखे । पहिले ‘राखूँ’ भनेर सोधिएको स्थानको नाम नै कालान्तरमा राखू रहन गयो । राखू भन्ने ठाँउमा भगवतीको मन्दिर रहेकोले यस ठाँउको नाम राखू भगवती हुन गयो । साविकको राखु भगवती गाविसको पुरै भाग हाल रघुगंगा गाउँपालिकाको वडा नं.२ मा पर्दछ ।

Population: 
२९४३
Ward Contact Number: 
९८५७६२१८६३